अभिषेकको क्लब आईलिगमा छनोट

एजेन्सी । नेपालको राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल सम्मिलित मोहम्मेडन स्पोर्टिङ क्लब भारतीय आईलिगमा बढुवा भएको छ ।
शुक्रबार कल्याणी रंगशालामा भएको छनोट खेलमा चिरपरिचित भवानीपूरलाई २–० गोल अन्तरले पराजित गर्दै मोहम्मेदनले भारतको शीर्ष डिभिजनको लिगमा बढुवा भएको हो ।
कोलकत्ता डर्बीमा जित आत्मसाथ गरेसँगै मोहम्मेडन शीर्षस्थानमा बलियो पकड बनाएको हो ।
शत प्रतिशत जित निकाल्ने क्रममा मोहम्मेडनका लागि भन्लाल्विया चाङ्टे र गानी निगमले एक एक गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलमा मोहम्मेडनले पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गर्न सफल भयो ।
मोहम्मेडनका लागि चाङ्टेले खेलको २७ मिनेटमा खाता खोले । उनले डिबक्सभित्र प्राप्त बललाई सहजै गोल गरेका थिए । यस्तै गानीले खेलको ६७ मिनेटमा गोल गरेका थिए ।
यता, दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल भने भवानीपुरविरुद्ध दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरे ।
उनी खेलको ८० मिनेटमा मैदान प्रवेश गरेको थिए ।
जितसँगै मोहम्मेडनको तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा पकड बनाएको थियो । भवानीपुरको समान खेलबाट ६ अंक रहेको छ ।
अन्तिम खेलमा बैग्रुलु युनाइटेडसंग हारेपनी 'हेड टु हेड'मा आधारमा मोहम्मेडन सन् २०२०–२१ आईलिगमा छनोट हुनेछ ।