आर्सनलका माटियोलाई कोरोना
२०२० अक्टोबर १६, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर माटियो गुइनडोउजीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अन्तराष्ट्रिय खेलका लागि फ्रान्स पुगेर फर्किएपछि परिक्षण गर्दा माटियोलाई कोरोना देखिएको हो ।
कोरोना देखिएपछि फ्रान्सको यू-२१ टोलीका सदस्य माटियो जर्मनीका १० दिनको सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
कोरोना पोजेटिभ देखिएपनि उनलाई कुनै समस्या नरहेको र स्वस्थ्य रहेको बताईएको छ ।
२१ वर्षीय माटियो जर्मन क्लब हर्था बर्लिनमा लोनमा खेलिरहेका छन् ।
आर्सनलले एक सिजनको लागि उनलाई लोनमा पठाएको हो ।