काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनुमति दिएको छ ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले शुक्रबार एन्फालाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो ।
एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो ।
राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।
फिफाको विन्डोको मिति अनुसार नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्नेछ ।
राष्ट्रिय टिममा व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलको तयारी गरेको बताए ।
'बंगलादेशसनाग एक मैत्रीपूर्ण खेल पक्का हो । हामीले दुई खेलका लागि प्रस्ताव गरेका छौँ । बंगलादेश सरकारको अनुमतिपछि मिति तय हुन्छ,' उपाध्यायले भने ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।