काठमाडौं । तारकेश्वर युवा क्लबको आयोजनामा जारी तारकेश्वर युथ फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
काठमाडौंको तारकेश्वरमा जारी ६-ए साईड प्रतियोगिताको समूह चरणका खेल समाप्त भएसँगै सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको हो ।
आठ टिम सहभागी प्रतियोगिताको समूह 'ए' बाट ७ अंकसहित चक्रपथ एफसी विजेता र ५ अंक सहित जी ब्रदर्श सेमिफाइनलमा पुगेका छन् ।
समूह 'बी' मा ७ अंकसहित तारकेश्वर 'ए' टिम र ५ अंक सहित सामुराई एफसीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
प्रतियोगिताको सेमिफाइनल खेल शुक्रबार नै हुनेछ । पहिलो सेमिफाइलमा चक्रपथ एफसी र सामुराईबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा तारकेश्वर 'ए' र जी ब्रदर्श टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
तारकेश्वर युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह 'ए' मा ककनी एफसी, जी ब्रदर्स एफसी, चक्रपथ एफसी र तारकेश्वर 'बी' गरी
४ टिम रहेका छन् ।
यस्तै समूह 'बी' मा तारकेश्वर 'ए', डल्काप वारिवर्स एफसी, सामुराई एफसी, मुढ्खु एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ट्रफी सहित २० हजार प्राप्त गर्नेछ । दोस्रो टिमले मेडलसहित १० हजार प्राप्त गर्दा तेस्रो हुने टिमले मेडल सहित ५ हजार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मेडल सहित ५ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, प्रशिक्षक र फेयर प्ले टिमले जनही २ हजार प्राप्त गर्नेछन् ।