एजेन्सी । ब्राजिली लिजेण्ड रोनाल्डोले देशका लागि सर्वाधिक दोस्रो गोल गर्ने पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमारको प्रशंसा गरेका छन् ।
विश्वकप छनोटमा पेरुविरुद्ध ह्याट्रिक गर्दै नेयमारले ब्राजिललाई ४–२ ले जिताएका थिए । र प्राप्त जितसंगै नेयमार ब्राजिली इतिहासका सर्वाधिक दोस्रो गोलकर्ता बनेका छन् ।
नेयमारले ब्राजिलका लागि ६४ अन्तराष्ट्रिय गोल पुरा गरेका छन् । २८ वर्षिया नेयमारले रोनाल्डोको ६२ गोलको कोशेढुङ्गालाई पार गरेका हुन् । पेलेले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गरेका छन् ।

ब्राजिलबाट दुई पटक विश्वकप विजेता रोनाल्डोले सामाजिक सञ्जालमा नेयमारको उपलब्धिको प्रशंसा गरेका हुन् ।
‘मेरो सबै सम्मान तिम्रा लागि छ ।’ ४४ वर्षिय पूर्व खेलाडी रोनाल्डोले बुधबार भनेका छन् ।
‘उनी धेरै खेल्छन् । अवसर सिर्जना गर्छन् । खेल्छन्, खेलाउछन् र जोड गर्छन् । आकाशको सिमा छ । उड बच्चा ।’ रोनाल्डोले भनेका छन् ।
‘तिमीले कति सुन्दर कथा लेखेका छौ । एक पूर्ण र परिपक्क खेलाडी । कहिले काही मैदानको दबाब समाल्न बल भन्दा नि धेरै चुनौतीपूर्ण हुन्छ ।’ उनले थपेका छन् ।
‘अब मलाई बताउँ, हामी कहाँबाट आएका हौ ? हामी कहाँ जानेछौं ? जो हामीलाई बताउन गईरहेका छन्, के असम्भव छ ? आफ्नो क्षमतामा विश्वास राख । तिम्रो क्षमतालाई कसैले पनि लिएर जान सक्दैन ।’ रोनाल्डोले भने ।
‘तिमीलाई बनाउन र पछि छाड्नका लागि धेरै कीर्तिमानहरु छन् । तिमीलाई सबैभन्दा माथि देख्न गर्वको महशुश गरिरहेको छु ।’ उनले भने ।

पेरुविरुद्ध तीन गोल गरेका नेयमारले ब्राजिलबाट चार भन्दा बढी खेलमा तीन वा तीन भन्दा बढी गोल गरेका छन् ।
रोनाल्डोको कीर्तिमान भंग गरेपछि नेयमारले ब्राजिली लिजेण्डको नक्कल गर्दै सम्मान ब्यक्त गरेका थिए ।