एजेन्सी । इटालियन सिरी 'ए' अन्तर्गत नापोलीविरुद्धको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरिएको छ ।
इटालियन सिरी 'ए' ले युभेन्ट्स र नापोलीबीचको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरेको हो ।
टुरिनमा अक्टोबर ४ मा युभेन्ट्स र नापोलीबीचको खेल तय भएको थियो ।
तर, नापोलीले टुरिनको भ्रमण गर्न असफल भएपछि अन्तिम समयमा आएर खेल स्थगित गरिएको थियो ।
नापोलीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीले नापोलीलाई टुरिन भ्रमणको अनुमति दिएको थिएन ।
युभेन्ट्सका खेलाडी भने नापोलीसँगको खेलका लागि रंगशाला पुगेका थिए ।
यस्तै सिरी 'ए' ले यस सिजन नापोलीको एक अंक समेत घटाएको छ ।