एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर वेस्टन म्याकेनीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
युभेन्ट्सले बुधबार मिडफिल्डर वेस्टनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
२२ वर्षीय मिडफिल्डर कोरोना पोजेटिभ भएपछि सेल्फ आईसोलेसनमा बसेको युभेन्ट्सले जनाएको छ ।
अमेरिकाका मिडफिल्डर वेस्टन जर्मन क्लब साल्केबाट यसै समरमा लोनमा युभेन्ट्स आएका हुन् ।
उनी एक सिजनका लागि लोनमा युभेन्ट्स आएका हुन् ।
यस सिजन उनले युभेन्ट्सका लागि २ खेल खेलेका छन् ।
