एजेन्सी । इंग्ल्यान्डका डिफेन्डर एरिक डायरले नेसन्स लिग अन्तर्गत डेनमार्कसँगको खेल गुमाउने भएका छन् ।
ह्यामस्ट्रिङ चोटका कारण डायरले डेनमार्कसँगको खेल गुमाउने भएका हुन् ।
नेसन्स लिगको चौंथो खेलमा इंग्ल्यान्डले आज राति डेनमार्कसँग वेम्बली स्टेडियममा खेल्नेछ ।
२६ वर्षीय डिफेन्डरले बेल्जियमसँगको खेल खेलेका थिए । विश्व नम्बर एक टिमविरुद्ध इंग्ल्यान्डले २-१ को जित निकालेको थियो ।
यस्तै टामी अब्राहम, हार्भे बर्नेस, माइकल किन र ह्यारी विंक्स पनि इंग्ल्यान्डको २३ सदस्सीय टिममा परेका छैनन् ।
बेन चिलवेल र केइरन ट्रिपियर यस अघि नै टिमबाट बाहिरिएका छन् ।