एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा आज (बुधबार) राति इटाली र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह चरण अन्तर्गतको चौंथो खेलमा इटाली र नेदरल्यान्ड्स भिड्न लागेका हुन् । इटालीमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा इटाली दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । इटालीले अघिल्ला ३ खेलमा १ जित र २ बराबरी खेलेको छ ।
लिग 'ए' समूह १ मा रहेको इटाली ५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
इटालीले पहिलो खेलमा बोस्नियासँग १-१ गोलको बराबरी खेलेको थियो । तर, दोस्रो खेलमा इटालीले नेदरल्यान्ड्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
तेस्रो खेलमा इटाली पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
नेदरल्यान्ड्स पनि इटालीलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । यस्तै नेदरल्यान्ड्स पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
नेदरल्यान्ड्सले पहिलो खेलमा पोल्याण्डलाई १-० ले हराएको थियो । दोस्रो खेलमा इटालीसँग पराजित हुँदा तेस्रो खेलमा बोस्नियासँग गोलरहित बराबरी खेलेको थियो ।
नेदरल्यान्ड्स ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा बोस्निया र पोल्याण्ड भिड्ने छन् ।