एजेन्सी । जर्मन प्रशिक्षक जोचिम लोले अर्को वर्षको यूरोकपमा आफ्नो टोली कम्तीमा सेमिफाइनलको यात्रा तय गर्ने बताएका छन् ।
मंगलबार राति नेसन्स लिग फुटबलमा स्विटजरल्याण्डसंग ३–३ गोलको बराबरी खेलेपछि प्रशिक्षक लोले आगामी यूरोकपमा आफ्नो लक्ष्य कम्तीमा सेमिफाइनल पुग्ने रहने धारणा राखे ।
खेलको सुरुवातमै २–० ले पछि परेको अवस्थामा जर्मनीले स्विटजरल्याण्डविरुद्ध ३–३ गोलको पुनरागमन जित निकालेको हो ।
कोरोना भाइरसपछि सूरु भएको अन्तराष्ट्रिय फुटबलमा जर्मनीले ५ खेलमध्य मात्र एक खेलमा जित निकालेको छ ।
टिमो वार्नर र काइ हाभर्ट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए । सर्जी ग्याब्रीले समेत एक गोल गर्दै जर्मनीलाई बराबरी अंक दिलाएका थिए ।

प्रशिक्षक लोले खेलको सुरुवातलाई लिएर निकै खिन्नता प्रकट गरे । तर अन्तिममा प्राप्त एक अंकमा उनी खुसीनै देखिए ।
जर्मनीलाई लामो समयदेखि नेतृत्व गरिरहेका लोले आफ्नो टिम अघि बढ्ने विश्वास व्यक्त गरे । र युरो कपमा कम्तिमा सेमिफाइनल पुग्ने धारणा राखे । उनले कम्तीमा सेमिफाइनल वा त्यस भन्दा अघिको यात्रालाई सफलता मानिने उल्लेख गरे ।
‘यो एक तिव्र गतिको खेल थियो ।’ लोले खेलपछि भने, ‘दुवै पक्षले धेरै जोखिम उठाए । तर केही गल्तीहरु पनि भए ।’
‘हामीले निकै खराब सुरुवात गर्यौ । तर खेलमा पुनरागनम गर्ने चरित्र देखायौं । त्यसले राम्रो देखियो । हामीले डिफेन्समा केही गल्तीहरु गयौं । हामीले केही निश्चित जोखिम उठाएर खेल्ने योजना बनाएका थियौ । तर हामीलाई ती गल्तीहरु सच्चाउन आवश्य छ । हामीले खेलमा फर्कन कडा मेहनत गयौं । तपाई असफलताबाट धेरै सिक्न सक्नु हुन्छ । हामीलाई आफ्नो सञ्चार र निर्देशनमा सुधार गर्न आवश्यकता देखिएको छ ।’ उनले भने ।

‘जब हामी युरोमा जान्छौ । हाम्रो उद्धेश्य जति सक्दो अघि बढ्नु हो । तर सेमिफाइनल सम्म पुग्ने न्युनतम लक्ष्य हो ।’ उनले थपे ।
‘टिमसंग धेरै क्षमता छ । हामीले केही निश्चित चिज सुधार गर्न आवश्यकता छ । तरपनि मलाई लाग्छ, यस पटक धेरै उत्साहीत हुन आवश्यक छ ।’ लोले भने ।
सेप्टेम्बरमा अन्तराष्ट्रिय फुटबल सुरु भपछि जर्मनीले नेसन्स लिग फुटबलमा शनिबार युक्रेनलाई हराएको थियो । बाँकी चारै खेलमा जर्मनीले बराबरी खेलेको छ ।