एजेन्सी । नेसन्स लिग फुटबलमा जर्मनीले स्विटजरल्याण्डसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
मंगलबार राति जर्मनीले स्विटजरल्याण्डसंग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
टिमो वार्नर र काइ हाभर्ट्जले जर्मनीका लागि बराबरी भएको खेलमा गोल गरेका थिए । चेल्सीका दुवै खेलाडीले घरेलु टोलीलाई बराबरीमा ल्याउन गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका सर्ज ग्याब्रीले जर्मनीका लागि एक गोल थपे ।
खेलमा दुई पटक अग्रता लिएपनि अन्तिममा १० खेलाडीमा सिमित बनेको स्विटजरल्याण्डले अंक बाँड्न बाध्य भयो ।

जर्मनीका टोनी क्रुसले १०० खेलको कोशे ढुङ्गा पार गरे । यो सफलता प्राप्त गर्ने उनी जर्मनीका १२ औं खेलाडी बने ।
स्विटजरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
स्विटजरल्याण्डलाई अघिल्लो चरण पुग्न जितको आवश्यकता रहेको थियो । तर तालिकाको पुछारमा रहेको स्विस टोलीको मात्र २ अंक छ । जर्मनीले अर्को चरणमा युक्रेनसंग खेल्नेछ ।