एजेन्सी । म्यान्चेष्टर युनाईटेडका नयाँ फरवार्ड इडिन्सन काभानी प्रिमियर लिगको न्युक्यासल विरुद्धको खेलमा उपलब्ध नहुने भएका छन् ।
युनाईटेडले आगामी शनिबार प्रिमियर लिग फुटबलमा न्युक्यासलसंग खेल्दैछ ।
उनी क्लबमा आएपछि एकान्तवासमा रहेका छन् ।
उनले गत हप्तामात्र युनाईटेडसंग आबद्ध भएका थिए । उनले गत जुनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए । त्यसयता उनी कुनै क्लब विहिन रहदै आएका थिए ।
३३ वर्षिया उरुग्वेका फरवार्ड अर्को मंगलबार च्याम्पियन्स लिगको खेलमा पूर्व क्लबविरुद्ध उपलब्ध हुनेछन् ।
उनले गत मार्चबाट समूहमा अभ्यास गरेका छैनन् । उनी क्लबमा आएपछि एकान्तवासमा रहेका छन् । उनले १४ दिन एकान्तवासमा बिताउनुपर्नेछ । उनी फ्रान्सबाट अक्टोबर ४ मा आएका थिए ।
युनाईटेड अर्का निलम्बित फरवार्ड एन्थोनी मार्टियल बिनै शनिबार न्युक्यासल भ्रमणमा निस्कनेछ ।