एजेन्सी । इंग्ल्यान्डका डिफेन्डर बेन चिलवेल र केइरन ट्रिपीयरले नेसन्स लिग अन्तर्गत डेनमार्कसँगको खेल गुमाउने भएका छन् ।
इंग्ल्यान्ड फुटबल एसोसियसले मंगलबार चिलवेल र ट्रिपीयरले डेनमार्कसँगको खेल गुमाउने जनाएको छ ।
नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा इंग्ल्यान्डले बुधबार वेम्बलीमा डेनमार्कसँग खेल्नेछ ।
खुट्टामा लागेको चोटको कारण चिलवेल टिम बाहिर रहने भएका हुन् । ट्रिपीयरले भने व्यक्तिगत कारण देखाएर टिम छाडेको एसोसियसनले जनाएको छ ।
चिलवेलले बेल्जियमविरुद्धको खेल समेत गुमाएका थिए । उक्त खेलमा इंग्ल्यान्ड २-१ ले बिजयी भएको थियो ।
नेसन्स लिग अन्तर्गत लिग 'ए' समूह २ मा इंग्ल्यान्ड ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बेल्जियम ६ अंक जोडेर दोस्रो स्थानमा रहदा ४ अंक जोडेर डेनमार्क तेस्रो स्थानमा रहेको छ ।