काठमाडौं । थ्री स्टार क्लबका डिफेन्डर निराजन महर्जन कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
थ्री स्टार क्लबले मंगलबार फुल ब्याक निराजन कोरोना मुक्त भएको जनाएको छ ।
निराजनलाई गत २६ सेप्टेम्बरमा कोरोना देखिएको थियो ।
कोरोना देखिएपछि १७ दिनको आईसोलेसनमा बसेर उनी कोरोना मुक्त भएका हुन् ।
निराजनसँगै उनका परिवारका सदस्यलाई समेत कोरोना देखिएको थियो ।
उनको परिवारको सदस्य समेत कोरोना मुक्त भईसकेको थ्री स्टारले जनाएको छ ।
निराजनले थ्री स्टारका लागि शीर्ष डिभिजनको लिगसहित मोफसलको प्रतियोगिता खेलिसकेका छन् ।
यस्तै निराजनले थ्री स्टारको यू-१८ टिमबाट समेत खेलिसकेका छन् ।