एजेन्सी । फिफा विश्वकप छनोटमा आज (मंगलबार) राति अर्जेन्टिनाले बोलिभियासँग प्रतिस्पर्धा हुँदैछ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गतको दोस्रो खेलमा अर्जेन्टिनाले बोलिभियासँग खेल्ने लागेको हो ।
बोलिभिया र अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने अर्जेन्टिना लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
अर्जेन्टिनाले पहिलो खेलमा इक्वेडरलाई १-० ले हराएको थियो । जुन खेलमा मेस्सीले निर्णायक गोल गरेका थिए ।
अर्जेन्टिना १ खेलमा ३ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
बोलिभिया भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बोलिभिया ब्राजिलसँग ५-० ले पराजित भएको थियो ।
बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ ।
अर्को खेलमा उरुग्वेले इक्वेडरसँग खेल्नेछ । दुई टोलीबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
यस्तै राति ३:४५ बजे सुरु हुने खेलमा भेनेजुएला र पराग्वे भिड्ने छन् ।
ब्राजिलले भने बुधबार बिहान पेरुसँग खेल्नेछ । ब्राजिल र पेरुबीचको खेल बिहान ५:४५ बजे सुरु हुनेछ ।
बुधबार बिहान हुने अर्को खेलमा कोलम्बिया र चिली भिड्ने छन् ।