एजेन्सी । मिडफिल्डर केभिन डी ब्रुयने बेल्जियमको राष्ट्रिय टिमबाट बाहिरिएका छन् ।
बुधबार बेल्जियमले नेसन्स लिग फुटबलमा आइसल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
कप्तान समेत रहेका ब्रुयने फिटनेशका कारण टिमबाट बाहिरिदै म्यान्चेष्टर सिटी फर्किएका छन् ।
२९ वर्षिया मिडफिल्डर आइतबार नेसन्स लिग फुटबलमा इङ्ल्याण्डविरुद्धको खेलमा ७३ औं मिनेटमा स्थानान्तरण भएका थिए । सो खेलमा बेल्जियम इङ्ल्याण्डसंग २–१ ले पराजित बनेको थियो ।
‘डी ब्रुयने क्लबमा फर्किएका छन् ।’ बेल्जियमको राष्ट्रिय टिमले भनेको छ ।
‘उनी आइसल्याण्डविरुद्ध खेल्नका लागि पर्याप्त फिट थिएनन् ।’ उसले भनेको छ ।

बेल्जियम नेसन्स लिग फुटबलको तालिकामा दोस्रो स्थानमा रहेको छ । बेल्जियम भन्दा इङ्ल्याण्ड एक अंक माथि छ ।
सिटीले प्रिमियर लिग फुटबलमा आगामी शनिबार इतिहाद स्टेडियममा आर्सनलसंग खेल्दैछ ।
इङ्ल्याण्डविरुद्धको खेलपछि बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका थिए, ‘ब्रुयनेको टिम बाहिर पठाईएको छ । उनी शतप्रतिशत थिएनन् ।’
ब्रुयनेसंगै इङ्ल्याण्डका रहिम स्टर्लिङ समेत क्लबमा फर्किएका छन् । दुवै खेलाडी चोटका कारण आर्सनलविरुद्धको खेलका लागि अनिश्चित छन् ।
सिटी प्रिमियर लिग फुटबलमा सुरुवाती तीन खेलमा ४ अंक बटुल्दै तालिकाको १४ औं स्थानमा छ ।