एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लिजेण्ड पाउल स्कोल्स इंग्ल्यान्डको लिग टु क्लब साल्फोर्ड सिटी एफसीको अन्तरिम प्रशिक्षक चुनिएका छन् ।
साल्फोर्डले मुख्य प्रशिक्षक ग्राहम एलेक्सजेन्डरलाई बर्खास्त गर्दै स्कोल्सलाई अन्तरीम प्रशिक्षक नियुक्त गरेको हो ।
'साल्फोर्ड सिटी घोषणा गर्दछ कि प्रशिक्षक ग्राहम एलेक्सजेन्डरले तत्काल लागु हुने गरी क्लब छाडेका छन् । क्लब ग्राहमलाई धन्यवाद भन्न चाहन्छ,' साल्फोर्डले भनेको छ, 'पाउल स्कोल्सलाई टिमको मुख्य प्रशिक्षक नियुक्त नभएसम्मको लागि अन्तरिम प्रशिक्षक रहने छन् ।'
यस सिजनको सुरुवातमै क्लबले खराब प्रदर्शन गरेपछि साल्फोर्डले प्रशिक्षक ग्राहमलाई बर्खास्त गरेको हो ।
साल्फोर्डले यस सिजनको पाँच खेलमा मात्र २ जित निकालेको छ ।