• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
मनाङसंग बाचा गर्दै स्वदेश फर्किए फुजा
नमीन ढकाल
सोमबार, असोज २६, २०७७ नमीन ढकाल
मनाङसंग बाचा गर्दै स्वदेश फर्किए फुजा
प्रशिक्षक फुजालाइ बिदाइ गर्दै मनाङका अधिकारी । फाेटाे : खेलपाटी

काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले प्रशिक्षक तापे फुजा सहितका विदेशी खेलाडीलाई घर फर्काएको छ ।

फुजा सहित ४ विदेशी खेलाडीलाई मनाङले स्वदेश फर्काएको हो ।

‘खेलाडीलाई यस अघिनै फर्काइसकेका थियौं । प्रशिक्षक पनि फर्कनु भएको छ ।’ मनाङका महासचिव अनिल गुरुङले खेलपाटीसंग भने ।

गत हप्तामात्रै मनाङले आफिज ओलावाले, फेमी जोसुवा र एडेलाजा सोमिडेलाई स्वदेश फर्काएको हो । तीनै जना विदेशी खेलाडीले गत सिजन मनाङबाट लिग खेलेका थिएनन् ।

घरेलु फुटबलका चर्चित फरवार्ड अफिज लिग सकिए लगत्तै मोफसलका प्रतियोगिता खेल्न नेपाल आएका थिए । फेमी थ्री स्टारबाट मोफसल खेल्न मनाङ पुगेका थिए। 

एडेलाजा भने नयाँ सिजन मनाङमा खेल्नेछन् । उनले गत सिजन मछिन्द्रबाट खेलेका थिए ।

गत सिजन मछिन्द्रलाई लिग जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेको एडेलाजा त्यसअघि मनाङबाट समेत लिग जित्न सफल भएका थिए ।

मनाङले प्रशिक्षक फुजा सहित आफिज र एडेलाजालाई एड्भान्स सहित स्वदेश फर्काएको हो । मनाङले प्रशिक्षक फुजा सहित तीन जनालाई नयाँ सिजन क्लबमै राख्ने निर्णय गरिसकेको छ ।

नयाँ सिजन खेलाउने निर्णय सहित एड्भान्स दिएर प्रशिक्षक र खेलाडीलाई घर फर्काएको महासचिव गुरुङले जानकारी दिए ।

‘उनीहरु अर्काे सिजन समेत मनाङबाटनै खेल्ने भएका छन् । त्यसैले एड्भान्स सहित फर्काएका हौं ।’ उनले भने ।

घरेलु फुटबल निश्चित भएपछि मात्रै उनीहरु नेपाल फर्कने गुरुङ बताउँछन् ।

‘नेपालमा जब फुटबल सुरु हुन्छ । त्यसपछि मात्रै फर्कनु भनेका छौं । लिग हुने निश्चित भएपछि बोलाउँछौं ।’ गुरुङले भने ।

कोरोना महामारीका बीच खेलकुद क्षेत्र ठप्प भएपनि विदेशी खेलाडी नेपालमा रहँदै आएका थिए । तर पछिल्लो समय भिषाको समय समाप्त हुनु र फुटबल खेलको टुंगो नहुँदा विदेशी खेलाडी स्वदेश फर्कन थालेका हुन् ।

यसअघि, साविक विजेता मछिन्द्र, थ्री–स्टार लगायतका क्लबले समेत आफ्ना विदेशी खेलाडी फर्काएका थिए ।

घर फर्किएका खेलाडी र प्रशिक्षकलाई मनाङले राहत स्वरुप ७ सय डलर समेत सहयोग गरेको महासविच गुरुङले बताए ।

यसअघिनै मनाङले राष्ट्रिय टिमका डिफेन्डर दिनेश राजबंशी, फ्रेण्डस् क्लबका कप्तान सरोज योञ्जन सहित विश्व अधिकारीलाई नयाँ सिजनका लागि टिममा अनुबन्धन गरिसकेको छ ।

गत सिजन लिगमा खराब प्रदर्शन गरेको मनाङले तेस्रो स्थानमा चित्त बुझाएको थियो । सोही कारण उसले नयाँ सिजनका लागि ठुला खेलाडी टिममा अनुबन्धन गर्न प्रयास गरिरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP