साइक्लिङ - पेरिस रुबेक्स स्थगित
शुक्रबार, २३ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । साइक्लिङको चर्चित प्रतियोगिता पेरिस रुबेक्स स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको हो ।
साइक्लिङको निकै प्रतिष्ठित प्रतियोगिता अक्टोबर २५ मा हुने तालिका रहेको थियो ।
तर, कोरोनालाई मध्ये नजर गर्दै सरकारले कडाई गरेपछि प्रतियोगिता स्थगित गरिएको हो ।
अब प्रतियोगिता २०२१ को अप्रिल ११ मा हुनेछ ।
यस प्रतियोगिता दोस्रो पटक स्थगित भएको हो ।
यस अघि अप्रिलमा तय भएपनि कोरोनाको कारण स्थगित गरिएको थियो ।











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
