एजेन्सी । प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर मोसिट ओजिल युरोपा लिग खेल्ने टिमबाट बाहिरिएका छन् ।
आर्सनलले युरोपा लिग खेल्ने २५ सदस्सीय टोलीमा ओजिललाई राखेको छैन ।
जर्मनीका ३१ वर्षीय मिडफिल्डरले मार्च यता आर्सनलका लागि खेलेका छैनन् ।
पछिल्लो समय मुख्य प्रशिक्षक मिकेल अर्टेटासँगको सम्बन्ध बिग्रिएपछि उनले मौका पाईरहेका छैनन् ।
आर्सनलले गत साता अनुबन्ध गरेको थोमसलाई भने टिममा राखेको छ ।
युरोपा लिगको समूह चरणको पहिलो खेलमा आर्सनलले रापिड भिन्नासँग खेल्दैछ ।
अष्ट्रियन क्लबसँग आर्सनलले अक्टोबर २२ मा खेल्ने तालिका रहेको छ ।