एजेन्सी । इंग्ल्यान्डका फरवार्ड जाडोन सान्चोसहित तीन खेलाडीले वेल्सविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
कोरोना भाईरसको प्रोटोकल तोडेपछि सान्चोसहित टामी अब्राहम र बेन चिलवेलले मैत्रीपूर्ण खेल गुमाउने भएका हुन् ।
फरवार्ड अब्राहमको २३ औं वर्थ डे पार्टीमा उपस्थित हुँदै उनीहरुले कोरोना भाईरसको प्रोटोकल तोडेपछि इंग्ल्यान्डले उनीहरुलाई टिम बाहिर राखेको हो ।
इंग्ल्यान्डले बिहीबार राति वेल्ससँग वेम्बली स्टेडियममा मैत्रीपूर्ण खेल खेल्दैछ ।
यस्तै उनीहरु नेसन्स लिग खेल्ने टोलीबाट समेत बाहिरिने सम्भावना बढेको छ ।
तीनै खेलाडीको कोरोना परिक्षणपछि टिममा राख्ने नराख्ने निर्णय गरिने मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् ।
नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा इंग्ल्यान्डले आइतबार बेल्जियमसँग खेल्नेछ ।