एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले प्रभावशाली जित निकालेको छ ।
बुधबार राति इटालीले माल्डोभालाई ६–० गोल अन्तरले हराएको हो ।
रोबर्टो मान्चिनी नेतृत्वको इटालीले पहिलो हाफमै पाँच गोल गरेको थियो ।
इटालीको जितमा स्टेफन एल शरावीले दुई तथा ब्रायन क्रिस्टान्टे, फ्रान्सेस्को कापुटो र डोमिनिको बेराडीले एक–एक गोल गरेका थिए । माल्डोभाका विसेस्लाव पोस्माकले एक आत्मघाति गोल उपहार दिए ।

इटालीले पहिलो पटक पहिलो हाफभित्र पाँच गोल गरेको हो । उसले सन् १९८७ मा माल्टाविरुद्ध समेत पहिलो हाफमै ५ गोल गरेको थियो ।
नेसन्स लिगको तयारीको क्रममा रहेका दुवै टिम मैत्रीपूर्ण खेलमा भिडेका हुन् ।

बिहिबार रातिनै चेक रिपब्लिकले साइप्रसलाई २–१ ले, डेनमार्कले फरोई आइसल्याण्डलाई ४–० ले, लिथुनियाले इस्टोनियालाई ३–१ ले र माल्टाले गिब्रालटारलाई २–० ले हराए ।
अन्य खेलमा मोन्टेङग्रोले लात्भीयासंग १–१ गोलको बराबरी खेल्दा ग्रिकले अष्ट्रियालाई २–१ ले, मेक्सिकोले नेदरल्याण्डलाई १–० ले, लिचेस्टाइनले लक्जमबर्गलाई २–१ ले र पोल्याण्डले फिनल्याण्डलाई ५–१ ले पराजित गर्यो ।