एजेन्सी । मैत्रीपूर्ण फुटबलमा फ्रान्सले युक्रेनलाई ७–१ गोल अन्तरले हराएको छ ।
बुधबार राति फरवार्ड ओलिभर जिराउड सर्वाधिक दोस्रो गोलकर्ता बनेको खेलमा फ्रान्सले युक्रेनविरुद्ध फराकिलो जित निकाल्यो ।
चेल्सी स्टार जिराउडले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले फ्रान्सका लागि सय खेल खेल्दै ४२ गोल पुरा गरे । उनी थिएरी हेनरी भन्दा ९ गोलले पछि छन् ।

युवा खेलाडी एडुआर्डो कामाभिङ्गाले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनी फ्रान्सबाट गोल गर्ने सर्वाधिक कम उमेरका दोस्रो खेलाडी बने ।
यस्तै, कोरेन्टिन टोलिसो, केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानले समेत फ्रान्सको जितमा एक एक गोल गरे ।
फ्रान्सका प्रशिषक डिडियर डेसचेम्प्सलाई विटाली मायकोलेन्को एक आत्मघाती गोल उपहार रह्यो । युक्रेनका लागि भिक्टोर त्स्यगानकोवले एक गोल प्रहार गरेका थिए ।
युक्रेनले इतिहासमै सबैभन्दा खराब नतिजा फ्रान्सबाट आत्मसाथ गरेको हो ।
