एजेन्सी । इंग्ल्यान्डको च्याम्पियनसिप क्लब बर्न्सलेका डिफेन्डर बाम्बो डियाबीलाई फुटबलमा दुई वर्षको प्रतिबन्ध लागेको छ ।
इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले बुधबार डिफेन्डर डियाबीलाई दुई वर्षको प्रतिबन्ध लगाएको हो ।
एफएको प्रतिबन्धसँगै सेनेगलका डियाबी दुई वर्षसम्म कुनै पनि फुटबल गतिविधिमा सामेल हुन पाउने छैनन् ।
एफएको एन्टी डोपिङबारेको नियम उलंघन गरेको भन्दै उनलाई प्रतिबन्ध गरिएको हो ।
सन् २०२० को जनवरीमा उनको पिसाब परिक्षण गर्दा प्रतिबन्धित हिगेनामिन केमिकल प्रयोग गरेको भेटिएको थियो ।
उनले उक्त केमिकल उनको शरीरमा कसरि प्रवेश गर्यो भन्नेबारे खुलाउन सकेका थिएनन् ।
प्रतिबन्धित औषधि प्रयोगको कारण प्रतिबन्धमा परेपछि बर्न्सलेले डियाबीसँगको सम्झौता समेत रद्द गरेको छ ।