एजेन्सी । पोर्चुगिज क्लब पोर्टोले ब्राजिलियन मिडफिल्डर फिलिपे एण्डरसनलाई अनुबन्धित गरेको छ ।
पोर्टोले मिडफिल्डर एण्डरसनलाई प्रिमियर लिग क्लब वेस्ट ह्यामबाट लोनमा अनुबन्धित गरेको हो ।
२७ वर्षीय अट्याकिङ मिडफिल्डरलाई एक सिजनको लागि पोर्टोले भित्र्याएको हो ।
एण्डरसन सन् २०१८ मा लाजियोबाट वेस्ट ह्याम आएका थिए ।
वेस्ट ह्यामका लागि उनले १ सय १७ खेलमा ३४ गोल गरेका छन् ।
ब्राजिलका लागि उनले २ खेल खेलेका छन् ।
यस्तै पोर्टोले लिभरपुलका मिडफिल्डर मार्को ग्रुजिकलाई समेत लोनमा अनुबन्धित गरेको छ ।
पोर्टोले क्रोएसियन मिडफिल्डरलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।