एजेन्सी । इंग्लिस क्लब फुलहमले डिफेन्डर टोसिन अडाराबायोलाई अनुबन्धित गरेको छ ।
फुलहमले सेन्टर ब्याक टोसिनलाई म्यानचेस्टर सिटीबाट अनुबन्धित गरेको हो ।
२३ वर्षीय डिफेन्डर टोसिनले फुलहमसँग ३ वर्षको सम्झौता गरेका छन् ।
यस्तै फुलहमले इंग्लिस डिफेन्डरलाई सम्झौता थप १२ महिना थप्नको लागि विकल्प समेत दिएको छ ।
सिटीको एकेडेमीमा हुर्किएका उनले २०१६ सिनियर टिममा स्थान बनाएका थिए ।
तर, उनले सिटीका लागि खेल्ने मौका पाएनन् । उनले अधिकास समय लोनमा अन्य क्लबबाट खेलेका थिए ।
गत सिजन उनले ब्लाकबर्न रोभर्सबाट लोनमा खेलेका थिए ।
ब्लाकबर्नका लागि उनले ३४ खेलमा ३ गोल समेत गरेका थिए ।