एजेन्सी । पोर्चुगिज क्लब पोर्टोले फ्रान्सेली डिफेन्डर मालाङ सारलाई लोनमा अनुबन्धित गरेको छ ।
पोर्टोले डिफेन्डर सारलाई एक सिजनको लागि चेल्सीबाट लोनमा अनुबन्धित गरेको हो ।
२१ वर्षीय डिफेन्डर गत अगस्टमा फ्रेन्च क्लब निसबाट चेल्सी आएका थिए ।
चेल्सीसँग सारले पाँच वर्षको सम्झौता गरेका थिए ।
तर, चेल्सीले उनलाई अनुबन्ध गरेकै सिजन लोनमा पोर्टो पठाएको हो ।
सारले यस सिजन चेल्सीका लागि डेब्यु गर्ने मौका भने पाएनन् ।
फ्रेन्च लिग वानमा उत्कृष्ट प्रदर्शन गरेपछि चेल्सीलाई उनलाई अनुबन्धित गरेको हो ।
निसको एकेडेमीमा हुर्किएका उनले फ्रेन्च क्लबका लागि १ सय २ खेलमा ३ गोल गरेका थिए ।
