एजेन्सी । म्यान्चेष्टर युनाईटेडले क्लबका नयाँ फरवार्ड इडिन्सन काभानीलाई ७ नम्बरको जर्सी दिने भएको छ ।
पूर्व फरवार्ड रोनाल्डोले लगाएको ७ नम्बरको जर्सी म्यान्चेष्टर युनाइटेडले काभानीलाई दिने भएको हो ।
गत जुनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)संग सम्झौता सकिएसंगै काभानीले पेरिस छाडेका थिए ।
उनले हप्ताको २ मिलियन पाउण्ड तलब पाउने शर्त सहित युनाइटेडसंग १ वर्षको सम्झौता गरेका छन् । उनी थप १२ महिना युनाइटेडमा रहने विकल्प समेत खुल्ला गरिएको छ ।
युनाइटेडले मंगलबार काभानीले लगाउने ७ नम्बरको जर्सीको बिषय पक्का गरेको हो ।
युनाइटेडका पूर्व स्टार जर्ज बेस्ट, डेभिड बेकह्याम, एरिक क्यानटोना र रोनाल्डो सबैले ओल्ड ट्राफोर्डमा रहदाँ ७ नम्बरको जर्सीमा चमत्कारी प्रर्दशन गरेका थिए ।
तर पछिल्ला वर्षमा नयाँ खेलाडीले ७ नम्बरको जर्सीमा आफुलाई प्रमाणित गर्न सकेका छैनन् । एन्जल डी मारिया, मेफिस डिपे र एलेक्सिस साञ्चेजले ७ नम्बरको जर्सीलाई न्याय गर्न असफल रहेका थिए ।
काभानीले नयाँ सहकर्मीसंग अघि बढ्न आफु आतुर रहेको बताएका थिए ।
‘म्यान्चेष्टर युनाइटेड विश्वको महान क्लब हो । म यहाँ हुनु गर्वको बिषय हो ।’ उनले भने ।
‘मैले करियरमा फुटलबका सच्चा प्रशंसकको अगाडी खेलेको छु । मलाई थाहा छ, युनाइटेडमा समेत त्यही हुनेछ ।’ काभानीले भनेका छन् ।