एजेन्सी । बायर्न म्युनिख र बोरुसिया डर्टमण्डका पूर्व फरवार्ड मारियो गोट्जे पिएसभीमा अनुबन्धित भएका छन् ।
डर्टमण्डसंग सम्झौता सकिएसंगै गोट्जे फ्रि–ट्रान्सफर अन्तर्गत पीएसभीमा पुगेका हुन् ।
‘मैले धेरै प्रस्तावहरु पाएको थिए । म आफैलाई महशुश गरे र आफ्नो निर्णय लिनमा सक्षम रहे ।’ उनले भने ।
‘मलाई लाग्यो, म फरक चुनौतीका लागि तयार छु । मलाई विश्वास छ, यो मेरा लागि निकै सहज हुनेछ ।’ गोट्जेले भने ।
२८ वर्षिया मिडफिल्डरले पछिल्लो समय बोरुसिया डर्टमण्डमा ४ सिजन बिताएका थिए । उनी सन् २०१६ मा डर्टमण्ड आएका थिए । उनी बायर्नका एकेडेमीका खेलाडी हुन् ।

पछिल्लो सिजन गोट्जेले निकै कम अवसर पाएका थिए । उनले सबै प्रतियोगितामा मात्र २१ खेल खेलेका थिए ।
उनी सन् २०१३ मा बायर्न जानु अघि डर्टमण्डमा आफुलाई पछिल्ला दशकको सम्भावित सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा स्थापित गरेका थिए ।
उनले जर्मनीबाट ६३ खेलमा सहभागीता जनाएका छन् । उनले सन् २०१४ को विश्वकपमा जर्मनीलाई उपाधि जिताउन विजयी गोल गरेका थिए ।