एजेन्सी । इटालियन क्लब रोमाले इंग्लिस डिफेन्डर क्रिस स्मलिङलाई स्थायी खेलाडीको रुपमा अनुबन्धित गरेको छ ।
रोमाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट स्मलिङलाई स्थायी खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।
गत सिजन स्मलिङले रोमाबाटै लोनमा खेलेका थिए । तर, समर ट्रान्सफरको अन्तिम दिन रोमाले १८ मिलियनमा स्मलिङलाई स्थायी रुपमा अनुबन्ध गरेको हो ।
३० वर्षीय डिफेन्डरले रोमासँग तीन वर्षको सम्झौता गरेका छन् । रोमाले सम्झौता थप गर्नका लागि विकल्प समेत दिएको छ ।
गत सिजन स्मलिङले रोमाका लागि ३७ खेलमा ३ गोल गरेका थिए ।
स्मलिङले १० वर्ष युनाइटेडमा बसेर रोमा गएका हुन् । स्मलिङ २०१० मा फुलहमबाट युनाइटेड आएका थिए ।
युनाइटेडका लागि उनले ३ सय २३ खेलमा १८ गोल गरेका छन् ।