एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर सेरडान शाकिरीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
स्विस फुटबल फेडेरेसनले मंगलबार शाकिरीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।
अन्तराष्ट्रिय खेलमा लागि स्विजरल्याण्ड पुगेका शाकिरीलाई कोरोना देखिएको हो ।
स्विजरल्याण्डले नेसन्स लिगमा अब स्पेन र जर्मनीसँग खेल्दैछ ।
त्यसअघि स्विजरल्याण्डले क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
कोरोना देखिएपछि शाकिरी सेल्फ आईसोलेसनमा रहेको फेडेरेसनले जनाएको छ ।
शाकिरी कोरोना देखिने लिभरपुलका तेस्रो खेलाडी हुन् ।
यस अघि थियागो अलाकान्टरा र साडियो मानेलाई कोरोना देखिएको थियो ।