एजेन्सी । च्याम्पियनसिप क्लब वाट्फोर्डका फरवार्ड ड्यानी वेलब्याकले क्लब छाडेका छन् ।
वाट्फोर्डले मंगलबार फरवार्ड वेलब्याकले आपसी समझदारीमा क्लब छाडेको जनाएको छ ।
वाट्फोर्डसँगको सम्झौता एक वर्ष बाँकी रहदै वेलब्याकले क्लब छाडेका हुन् ।
अब उनी फ्रि एजेण्टमार्फत अन्य क्लब जान पाउने छन् ।
इंग्लिस फरवार्ड वेलब्याकले गत सिजन वाट्फोर्ड अनुबन्धित भएका थिए ।
तर, गत सिजन वाट्फोर्ड प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो ।
म्यान्चेस्टर युनाइटेड तथा आर्सनलका पूर्व फरवार्डले वाट्फोर्डका लागि २० खेलमा ३ गोल गरेका थिए ।
२९ वर्षीय वेलब्याक आर्सनलबाट वाट्फोर्ड आएका थिए ।
वेलब्याकले इंग्ल्यान्डका लागि ४२ खेलमा १६ गोल गरिसकेका छन् ।