एजेन्सी । फुलहमले इंग्लिस मिडफिल्डर रुबेन लफ्टस-चिकलाई लोनमा अनुबन्धित गरेको छ ।
फुलहमले मिडफिल्डर रुबेनलाई चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्धित गरेको हो ।
चेल्सीमा पर्याप्त मौका नपाएपछि रुबेन लोनमा फुलहम आएका हुन् ।
यसै सिजन चेल्सीले मिडफिल्डर काइ हाभर्ट्जलाई समेत अनुबन्धित गरेको छ ।
२४ वर्षीय डिफेन्डरले यस सिजन चेल्सीका लागि मात्र १ खेल खेलेका थिए ।
चेल्सीको एकेडेमीबाट हुर्किएका रुबेनले २०१४ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
रुबेनले चेल्सीका लागि ५४ खेलमा ७ गोल गरेका थिए ।
इंग्ल्यान्डका लागि रुबेनले १० खेल खेलिसकेका छन् ।
