एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन डिफेन्डर एलेक्स टेलिसलाई अनुबन्धित गरेको छ ।
युनाइटेडले लेफ्ट ब्याक एलेक्सलाई पोर्चुगिज क्लब पोर्टोबाट अनुबन्धित गरेको हो ।
२७ वर्षीय डिफेन्डरले युनाइटेडसँग ४ वर्षको सम्झौता गरेका छन् । युनाइटेडले उनलाई सम्झौता थप एक वर्ष बढाउनका लागि विकल्प समेत दिएको छ ।
युनाइटेडले एलेक्सलाई १५ मिलियन युरोमा अनुबन्धन गरेको हो ।
सन् २०१६ मा पोर्टो आएका एलेक्सले क्लबका लागि १ सय २९ खेलमा २१ गोल गरेका छन् ।
यस्तै युनाइटेडले उरुग्वेका युवा विंगर फेकुन्डो पेलिस्ट्रीलाई समेत अनुबन्धित गरेको छ ।
१८ वर्षीय विंगरले युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
