एजेन्सी । ब्राजिलका अन्तराष्ट्रिय खेलाडी राफिन्हा अल्कान्टारा पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् ।
ला लिगा क्लब बार्सिलोनाका खेलाडीलाई लिग वान च्याम्पियन्स पीएसजीले अनुबन्धन गरेको हो ।
दुवै क्लबले खेलाडी सरुवाको पुष्टि गरेका छन् ।
राफिन्हा लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टाराका भाई हुन् ।
राफिन्हा बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन हुन् । उनले बार्सिलोनाबाट तीन ला लिगाको उपाधि जितेका थिए ।

२७ वर्षिका खेलाडीले पछिल्ला २ सिजन इन्टर मिलान र सेल्टा डी भिगोबाट लोनमा खेलेका थिए ।
स्पेनिस मिडियाका अनुसार ३ मिलियन युरोमा सम्झौता पक्का भएको छ ।
पीएसजीले सरुवा बजारको अन्तिम समयमा दुई खेलाडीलाई अनुबन्धन गरेको छ । उसले सरुवा बजारको अन्तिम दिन पोर्टोका डिफेन्सिभ मिडफिल्डर ड्यानिलो परेरालाई लोनमा अनुबन्धन गरेको थियो ।