काभानी म्यान्चेष्टर युनाइटेडमा
मंगलबार, असोज २०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडिनसन काभानीलाई अनुबन्धित गरेको छ ।
युनाइटेडले ट्रान्सफर विन्डोको अन्तिम दिन काभानीलाई फ्रि ट्रान्सफरमा अनुबन्धित गरेको हो ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकरले युनाइटेडसँग एक वर्षको सम्झौता गरेका छन् ।
३३ वर्षीय काभानीले गत जुनको अन्त्यसँगै पीएसजी छाडेका थिए ।
काभानीले क्लब फुटबलमा ५ सय ५६ खेलमा ३ सय ४१ गोल गरेका छन् ।
पीएसजीका लागि उनले ३ सय १ खेलमा २०० गोल गरेका छन् ।
उरुग्वेका लागि उनले १ सय १६ खेलमा ५० गोल गरेका छन् ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


