एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले ब्राजिलियन विंगर डग्लस कोस्टालाई लोनमा अनुबन्धित गरेको छ ।
जर्मन च्याम्पियन बायर्नले कोस्टालाई इटालियन क्लब युभेन्ट्सबाट एक सिजनको लागि लोनमा अनुबन्धित गरेको हो ।
बायर्नले सोमबार ३० वर्षीय कोस्टा क्लब फर्किएको जनाएको छ ।
कोस्टा सन् २०१७ मा बायर्नबाट युभेन्ट्स आएका थिए । युभेन्ट्समा ४ सिजन बिताएपछि कोस्टा लोनमा बायर्न फर्किएका हुन् ।
'बायर्नबाट पुन: खेल्न पाउँदा म धेरै खुशी छु । हामीले फेरी उपाधि जित्ने छौँ मलाई विश्वास छ,' बायर्नसँगको सम्झौतापछि कोस्टाले भने ।
सन् २०१५ मा बायर्न आएका उनले तीन सिजन क्लबमा रहदा ७७ खेलमा १४ गोल गरेका थिए ।
कोस्टा २०१७ मा लोनमा युभेन्ट्स आएका थिए । त्यसको अर्को सिजन युभेन्ट्सले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।
युभेन्ट्सका लागि उनले १ सय ३ खेलमा १० गोल गरेका छन् ।
ब्राजिलका लागि उनले ३१ खेल खेलिसकेका छन् ।
