एजेन्सी । स्पेनिस क्लब सेभियाले मोरक्कोका विंगर ओसामा इड्रिसीलाई अनुबन्धित गरेको छ ।
सेभियाले विंगर ओसामालाई डच क्लब अल्क्मारबाट अनुबन्धित गरेको हो ।
२४ वर्षीय विंगरले सेभियासँग पाँच वर्षको सम्झौता गरेका छन् ।
सेभियाले १२ मिलियन पाउण्डमा ओसामालाई क्लब भित्र्याएको हो ।
सन् २०१८ मा अल्क्मार आएका ओसामाले दुई सिजन पछि क्लब छाडेका हुन् ।
उनले अल्क्मारका लागि ६९ खेलमा २४ गोल गरेका छन् ।
नेदरल्यान्ड्समा जन्मिएका उनले मोरक्कोका लागि ७ खेल खेलेका छन् ।
उनले उमेर समूहमा भने नेदरल्यान्ड्सबाट खेलेका थिए ।
