एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले डिफेन्डर बेन गडफ्रीलाई अनुबन्धित गरेको छ ।
इंग्लिस डिफेन्डरलाई एभर्टनले नर्विच सिटीबाट अनुबन्धित गरेको हो ।
एभर्टनले २२ वर्षीय डिफेन्डरसँग पाँच वर्षको सम्झौता गरेको छ ।
सेन्टर ब्याक बेन अनुबन्धको रकम भने एभर्टनले खुलाएको छैन । एभर्टनले यस ट्रान्सफर विन्डोमा पाँचौ खेलाडीको रुपमा बेनलाई अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका यू-२१ टोलीका कप्तानी गरिसकेका बेन नर्विचमा चार सिजन बिताएर एभर्टन आएका हुन् ।
बेनले नर्विचका लागि ६६ खेलमा ४ गोल गरेका थिए ।
