एजेन्सी । प्रिमियर लिग क्लब साउथह्याम्पटनले फ्रान्सका युवा मिडफिल्डर इब्राहिम डियालोलाई अनुबन्धित गरेको छ ।
साउथह्याम्पटनले डियालोलाई फ्रेन्च क्लब ब्रेस्टबाट अनुबन्धित गरेको हो ।
२१ वर्षीय मिडफिल्डरले साउथह्याम्पटनसँग ४ वर्षको सम्झौता गरेका छन् ।
ब्रस्टमा गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि साउथह्याम्पटनले उनलाई अनुबन्ध गरेको हो ।
'हामी उनलाई अनुबन्धित गर्न सफल भएकोमा खुशी छौ,' साउथह्याम्पटनका मुख्य प्रशिक्षक राल्फले भने, 'हाम्रो लागि उ महत्वपूर्ण अनुबन्धन हो । उनी मिडफिल्डका राम्रा खेलाडी हुन् ।'
फ्रान्सको यू-२१ टोलीका सदस्य डियालोले गत सिजन २४ खेल खेलेका थिए ।
ब्रेस्टमा स्थायी अनुबन्धित हुनु अघि उनले दुई सिजन लोनमा खेलेका थिए ।
