एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा स्पेजियालाई ३-० गोल अन्तरले पराजित गर्दै मिलानले सहज जित निकालेको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन राफेल लियोले दुई गोल गरे । थियो हर्नान्डेजले एक गोल थपे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा लियोले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए ।

खेलको ७६ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै टोलीको अग्रता २-० को बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।
जितसँगै मिलानले अपराजित यात्रा कायम राखेको छ । तीन खेलमा अपराजित मिलानले ९ अंक जोडेको छ । मिलान दोस्रो स्थानमा रहेको छ ।
स्पेजियाले ३ खेलमा ३ अंक जोडेको छ ।
सिरी ए अन्तर्गत नै युभेन्ट्स र नापोलीबीचको खेल भने स्थगित भएको छ ।
नापोलीका खेलाडीमा कोरोना देखिएपछि युभेन्ट्सको मैदानमा तय भएको खेल स्थगित भएको हो ।