एजेन्सी । रोबर्ट लेवान्डोस्कीले एक्लैले चार गोल गरेपछि जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले जित निकालेको छ ।
आईतबार राति भएको खेलमा बायर्नले हेर्था वर्लिनमाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
बराबरीतर्फ उन्मुख बायर्नका लागि लेवान्डोस्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै तीन अंक दिलाए ।
खेलमा अग्रता बायर्नले ४० औं मिनेटमा लेवान्डोस्कीको गोलबाट लिएको थियो । ५१ औं मिनेटमा लेवान्डोस्कीले बायर्नको अग्रता दोब्बर बनाए ।
जोन कार्डोेबाले ५९ औं मिनेटमा पाहुना टोली वर्लिनबाट एक गोल फर्काए । वर्लिनकै माथियस क्यून्हाले ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेल सकिन ५ मिनेट अघि लेवान्डोस्कीले गोल गर्दै पुन बार्यनलाई ३–२ अग्रता दिलाए । त्यसको तीन मिनेटपछि वर्लिनका नागमले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।
बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्ननलाई प्रतिस्पर्धात्मक जित दिलाए ।

अघिल्लो खेलमा बायर्नले सन् २०१९ को डिसेम्बरपछि पहिलो हार व्यहोरेको थियो ।
च्याम्पियन्स लिग विजेता बायर्नले युईएफए सुपर कप जितेको तीन दिनपछि हार होफेनहमसंग हार व्यहोरेको थियो । बायर्नले पछिल्लो ३२ खेलमा २३ खेलका विजयी यात्रामा पूर्णविराम लागेको थियो ।
चौथो स्थानको बायर्नले ३ खेलबाट ६ अंक जोडेको छ । वर्लिन क्लब ३ अंक जोड्दै तालिकाको १३ औं स्थानमा छ ।