एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लेभान्टेको मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा जुनियरको गोलबाट रियलले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ ।
लेभान्टे ४ खेलमा ३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा ओसासुनाले सेल्टा भिगोलाई २-० ले हराएको छ ।
यस्तै डिपोर्टिभो अल्भेसले एथ्लेटिक बिल्बाओलाई १-० ले हराएको छ ।