एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा इन्टर लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर बराबरीमा रोकिएको हो ।
खेलको ३० औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५५ औं मिनेटमा लाजियोका मिलिनकोभिच साभिकले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
खेलको ७० औं मिनेटमा सिरो इमोबाइलले रातो कार्ड पाउँदा लाजियो १० खेलाडीमा समेटिएको थियो ।
यस्तै ८७ औं मिनेटमा स्टेफानोस सेन्सीले रातो कार्ड पाएपछि इन्टर पनि १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै तेस्रो स्थानको इन्टरले ३ खेलमा ७ अंक जोडेको छ । लाजियोले ३ खेलमा ४ अंक जोडेको छ ।
अर्को खेलमा काग्लियारीलाई ५-२ गोल अन्तरले पराजित गर्दै एटलान्टा शीर्ष स्थानमा उक्लिएको छ ।
एटलान्टाले ३ खेलमा ९ अंक जोडेको छ । एटलान्टा अपराजित रहेको छ ।
यस्तै बेनेभेन्टोले बोलोग्नालाई १-० ले पराजित गर्दा पर्माले हेलास भेरोनालाई १-० ले नै हराएको छ ।