एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले तेस्रो जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति सेफिल्ड युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनलले तेस्रो जित निकालेको हो ।
आर्सनललाई जित दिलाउन बुकायो साका र निकोलस पेपेले एक एक गोल गरे । सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

खेलको ६४ औं मिनेटमा पेपेले गोल गर्दा आर्सनल २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा सेफिल्डका डेभिडले एक गोल फर्काए पनि आर्सनल २-१ ले विजयी भयो ।
जितसँगै आर्सनलले ४ खेलमा ३ जितसहित ९ अंक जोडेको छ । आर्सनल लिगको चौंथो स्थानमा रहेका छन् ।

सेफिल्डको यो लगातार चौंथो हार हो । अंक विहीन सेफिल्ड पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा उल्भ्सले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

उल्भ्सको जितमा पेड्रो नेटोले निर्णायक गोल गरे । उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए ।
उल्भ्सको यो दोस्रो जित हो । उल्भ्सले ४ खेलमा ६ अंक जोडेको छ । फुलहमको यो लगातार चौंथो हार हो ।
फुलहम अंक विहीन रहदै पुछारमा रहेको छ ।
