एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (आइतबार) साविक विजेता युभेन्ट्सले नापोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा बलियो टिम नापोलीसँग खेल्नेछ । युभेन्ट्स र नापोलीबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स नापोलीलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । अघिल्ला दुई खेलमा युभेन्ट्सले एक जित र एक बराबरी खेलेको थियो ।
सातौं स्थानको युभेन्ट्सले २ खेलमा ४ अंक जोडेको छ ।
नापोली भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । नापोलीले अघिल्ला २ खेलमा लगातार जित निकालेको थियो ।
नापोली ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा इन्टर मिलानले लाजियोसँग खेल्नेछ । इन्टर लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने लाजियो दोस्रो जित निकाल्न चाहन्छ ।
एसी मिलानले स्पेजियासँग खेल्दा एटलान्टाले काग्लियारीसँग खेल्नेछ ।
त्यस्तै बेनेभेन्टोले बोलोग्ना र पर्माले हेलास भेरोनासँग खेल्नेछ ।