एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न पाँच खेलहरु हुँदैछ ।
ला लिगामा आइतबार साविक विजेता रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको बिल्बाओ, सेभिया लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
रियलले आफ्नो चौंथो खेलमा लेभान्टेसँग खेल्नेछ । लेभान्टेको मैदानमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा रियल सहज जितको खोजीमा हुनेछ । यस्तै रियल तेस्रो जित निकाल्न चाहन्छ ।
रियलले अघिल्ला ३ खेलमा दुई जितसहित ७ अंक जोडेको छ । रियल लिगको चौंथो स्थानमा रहेको छ ।
लेभान्टे भने दोस्रो जितको खोजीमा हुनेछ । लेभान्टेले ३ खेलमा ३ अंक जोडेको छ ।
बार्सिलोनाले घरेलु मैदानमा बलियो टिम सेभियासँग खेल्नेछ । बार्सिलोना र सेभियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना लगातार तेस्रो जित निकाल्न चाहन्छ । बार्सिलोनाले २ खेलमा अपराजित रहदै ६ अंक जोडेको छ ।
सेभिया पनि लगातार तेस्रो जित निकाल्न चाहन्छ । सेभियाले २ खेलमा ६ अंक जोडेको छ ।
यस्तै बिल्बाओले डिपोर्टिभो अल्भेससँग खेल्दा ओसासुनाले सेल्टा भिगोसँग खेल्नेछ ।
ग्रानडाले काडिजसँग उसैको मैदानमा खेल्नेछ ।