काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुँवर दनुवार थप एक वर्ष क्लबमै रहने भएका छन् ।
गत सिजन पुलिस क्लबमा आवद्ध भएका प्रवेशले क्लबसँग थप एक वर्ष बस्ने गरी सम्झौता नवीकरण गरेका छन् ।
पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त राज थापाले प्रवेशले क्लबसँग सम्झौता नवीकरण गरेको खेलपाटीलाई बताए ।
'कोरोना महामारीको समयमा प्रतियोगिता नहुदा पनि नवीकरण गर्न सफल भएका छौँ,' प्रशिक्षक थापाले भने ।

लेफ्ट ब्याक प्रवेश कीर्तिमानी आठौं पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीबाट पुलिस क्लब आएका थिए ।
प्रवेशले पुलिससँग एक वर्षको करार सम्झौता गरेका थिए ।

गत सिजन पुलिस लिगको पाँचौँ स्थानमा रहेको थियो । पुलिसले गत सिजन ६ खेलमा जित निकाल्दा ५ खेलमा हार र २ खेलमा बराबरी खेल्दै २० अंक जोडेको थियो ।
गत सिजन लिगको शीर्ष ६ मा रहदै पुलिस राष्ट्रिय लिगको लागि छनोट भएको थियो ।
