एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न ६ खेलहरु हुँदैछ ।
प्रिमियर लिगमा आइतबार साविक विजेता लिभरपुल, म्यानचेस्टर युनाइटेड, आर्सनल, लेष्टर सिटी, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
लिभरपुलले सिजनको चौंथो खेलमा एस्टन भिल्लासँग खेल्नेछ । एस्टनको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ बजे सुरु हुनेछ ।
घरेलु टोलिविरुद्ध लिभरपुल सहज जित निकाल्दै अपराजित रहने योजनामा हुनेछ । लिभरपुल एस्टनलाई हराएर लगातार चौथो जित निकाल्न चाहन्छ ।
अघिल्ला तीन खेलमा ३ जितसहित ९ अंकको जोडेको लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ ।
एस्टन भने घरेलु मैदानमा लिभरपुललाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । एस्टन पनि अपराजित रहने योजनामा हुनेछ ।
२ खेलमा ६ अंक जोडेको एस्टन तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को अपराजित टिम लेष्टरले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा लेष्टर लगातार चौंथो जित निकाल्ने योजनामा हुनेछ । ३ खेलमा ९ अंक जोडेको लेष्टर दोस्रो स्थानमा रहेको छ ।
३ खेलमा ३ अंक जोडेको वेस्ट ह्याम तालिकाको १२ औं स्थानमा रहेको छ ।
म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा अर्को बलियो टिम टोटेनहमसँग खेल्नेछ । खेल राति ९:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युनाइटेड दोस्रो जितको खोजीमा हुनेछ । टोटेनहम पनि दोस्रो जित निकाल्न चाहन्छ ।
युनाइटेड ३ खेलमा ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ । दशौँ स्थानको टोटेनहमले ३ खेलमा ४ अंक जोडेको छ ।
यस्तै आर्सनलले घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग खेल्नेछ । खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ ।
सेफिल्डलाई हराएर आर्सनल तेस्रो जित निकाल्ने योजनामा हुनेछ । सेफिल्ड भने पहिलो जितको खोजीमा हुनेछ ।
आर्सनल ३ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै उल्भ्सले फुलहमसँग खेल्नेछ । त्यस्तै साउथह्यापटमले वेस्ट ब्रुमसँग खेल्नेछ ।