एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेको छ ।
शनिबार राति भएको खेलमा लिड्स युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै सिटीले अंक बाडेको हो ।
लिड्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो ।
खेलको १७ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५९ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै रोड्रिगोले गोल गरेका हुन् ।
लिड्ससँगको बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ । सिटी लिगको दशौँ स्थानमा रहेको छ ।
लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
